काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण नवीकरण गर्ने भएको छ।
बैंकले सोमबार बोलकबोल गरी ट्रेजरी बिलमार्फत १३ अर्ब ४ करोड ५० लाख रुपैयाँबराबरको ऋण नवीकरण गर्ने लागेको हो। ट्रेजरी बिल भने फागुन २२ गते जारी हुनेछ ।
यी ट्रेजरी बिल ९१ दिने र १८२ दिने रहेका छन् । ९१ दिनेमा ६ अर्ब ४ करोड ५० लाख रुपैयाँको बिल रहेकोमा १८२ दिनेमा ७ अर्ब रुपैयाँ ट्रेजरी बिल रहेको छ ।
यसमध्येबाट ९१ दिने ट्रेजरी बिल २०८१ जेठ २२ गते परिपक्व हुनेछ भने १८२ दिने बिल २०८१ भदौ १८ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ ।
२० फाल्गुण २०८०, आईतबार ०४:५० मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार