काठमाडौं ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हिरासतमा राखेर अनुसन्धानका लागि अनुमति लिन सोमबार जिल्ला अदालत, काठमाडौंमा पेश गरेको थियो।
अदालतले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको सीआईबीले जानकारी दिएका छन् ।
महरालाई सोमबार बिहान कपिलवस्तुबाट पक्राउ गरिएको थियो। पक्राउ पर्ने सूचना पाएपछि उनी भारततिर भाग्न लागेका थिए।
पूर्व सभामुख समेत रहेका महराले काठमाडौं छोडेको सूचना पाएपछि प्रहरीले सीमानाकामा कडाइ गरेको थियो। उनी सोमबार बिहान भैरहवा नाका भएर भारततिर जाने तयारीमा थिए। उनलाई कपिलवस्तुबाट काठमाडौं ल्याएर सीआईबीको जिम्मा लगाइएको थियो।
सुन तस्करी प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको छ।
५ चैत २०८०, सोमबार ०६:३९ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार