काठमाडौं ।
राष्ट्रिय सभाको अध्यक्ष पदमा सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नारायण दाहाल निर्वाचित भएका छन्।
राष्ट्रिय सभा बैठकमा उपस्थित ५६ सांसदमध्ये ३९ सांसदले दाहालको पक्षमा मत दिएका छन्। कांग्रेसका उम्मेदवार युवराज शर्माको पक्षमा १७ मत खस्यो ।
यो संख्या राष्ट्रिय सभामा तत्काल कायम रहेको संख्याको बहुमत रहेको उल्लेख गर्दै सभाध्यक्ष उर्मिला अर्यालले दाहाल राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएको घोषणा गरिन् ।
दाहाल सत्तारुढ दलहरुको तर्फबाट उम्मेदवार थिए । उनलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समर्थन गरेका थिए ।
२९ फाल्गुण २०८०, मङ्गलबार ०२:५९ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार