यौन दूर्व्यवहारको आरोपमा राष्ट्र बैंक टक्सार महाशाखा प्रमुख थानेश्वर आचार्य बर्खास्त

काठमाडौं ।  

नेपाल राष्ट्र बैंक टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यलाई बर्खास्त गरिएको छ ।

तहकी महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप लागेपछि आचार्यलाई बर्खास्ती गरिएको हो।

गत पुस २६ गते नगरकोटस्थित एक रिसोर्टमा भएको स्ट्रो म्यानेजमेन्ट कार्यक्रममा एक उच्च तहकी अधिकृतमाथि दुर्व्यवहार गरेको आचार्यमाथिको आरोप थियो । घटनालाई आन्तरिकरूपमा मिलाउन खोजिए पनि प्रहरीले पनि पछि छानबिन गरेको थियो ।

राष्ट्र बैंक मानव संशाधन विभागले उनलाई बर्खास्ती गरेको उनले बताए ।