काठमाडौं ।
वित्तीय संस्थाको सूचना प्रणाली ह्याक गर्न प्रयास गर्ने एक व्यक्तिलाई प्रहरीले प्रकाउ गरेको छ ।
प्रहरीको साइबर ब्यूरोले स्याङ्जाको पुतलीबजार नगरपालिका १४ घर भई पोखरा महानगरपालिका१७ बस्ने २६ वर्षीय नवराज लामिछानेलाई पक्राउ गरेको हो ।
उनले पोखरा बसेर काठमाडौंका विभिन्न वित्तीय संस्थाको सूचना प्रणाली ह्याक गर्ने प्रयास गरेका थिए ।
लामिछानेले पोखरा बसेर काठमाडौंका विभिन्न वित्तीय संस्थाको सूचना प्रणालीमा अनाधिकृत पहुँच बनाउन खोजेको साइबर व्यूरोका प्रवक्ता एसपी दिपकराज अवस्थीले जानकारी दिए । उनका अनुसार लामिछानेविरुद्व विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत्को कसूरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ ।
२ चैत २०८०, शुक्रबार ०९:२९ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार