काठमाडौं ।
साताको पहिलो कारोबारको दिन आज सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रूपैयाँले बढेको हो।
मूल्य बढेसँगै छापावाल सुनको मूल्य प्रतितोला १ लाख २१ हजार र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २० हजार ४ सय रुपैयाँ कायम भएको छ ।
शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ४ सय ५० रुपैयाँ कायम रहेको थियो।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी आज २० रूपैयाँले बढेर १४ सय १० रूपैयाँमा कारोबार भइरहेको छ।
२० फाल्गुण २०८०, आईतबार ११:२६ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार