काठमाडौं ।
प्रभु इन्स्योरेन्स लिमिटेडले शेयरधनीलाई लाभाशं दिने घोषणा गरेको छ । कम्पनीकोफागुन २० गते बसेको संचालक समितिको बैठकले गत वर्षको वितरणयोग्य मुनाफाबाट लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीले चुक्ता पूँजी एक अर्ब ३७ करोड ६१ लाख २२ हजार २६० रुपैयाँको ४.७५ प्रतिशत बोनस र सोमा लाग्ने कर बापत ०.२५ प्रतिशत नगद गरी जम्मा पाँच प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरको हो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणले स्वीकृत गरी आगामी साधारण सभाले पारित गरेपश्चात् शेयरधनीमा वितरण गरिनेछ ।
२१ फाल्गुण २०८०, सोमबार ०१:४७ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार