काठमाडौं ।
मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहतर्फको ३ लाख २५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
बैंकले बैंकका संस्थापक शेयरधनी सुनिल श्रेष्ठको नाममा रहेको ३ लाख २५ हजार कित्ता र शेयर बिक्रीमा ल्याइएको हो ।
यसमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् ।
उक्त शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र आवश्यक कागजातसहित खरिद गर्न चाहेको शेयर संख्यासमेत खुलाई बैंकको केन्द्रीय कार्यालय महेन्द्रपथ धरान १२, सुनसरी वा शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड कमलादी, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।
साथै तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट शेयर खरिद आवेदन नपरेको खण्डमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।
२९ फाल्गुण २०८०, मङ्गलबार १२:२१ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार