विन्ध्यवासिनी सहकारी ठगी प्रकरणमा अध्यक्षसहित ३ पक्राउ

काठमाडौं ।

विन्ध्यवासिनी बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा कास्की प्रहरीले  ३ जनालाई पक्राउ गरेको छ ।

करिब ७ करोड हिनामिना गरेको आरोपमा प्रहरीले सुवर्णमान नकर्मीसहित सहकारी सञ्चालक समिति सदस्य एवं ऋण समिति संयोजक ३३ वर्षीय कृष्णमान श्रेष्ठ र ४५ वर्षीय उदित सन्दीप पौडेललाई आइतबार पक्राउ गरेको हो ।

कास्की जिल्ला अदालतबाट सहकारी ठगी सम्बन्धी कसूरमा ७ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए ।

सहकारी समितिका पदाधिकारीसमेतले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेको, सहकारी रकम हिनामिना, अपचलन एवं ठगी गरेको भनी सहकारी रजिष्ट्रार कार्यालय पोखरामा जाहेरीको आधारमा मुद्दा दर्ता भएको हो ।