सम्झौताअनुसार तलब नदिएको भन्दै ट्विटरका पूर्व सिइओ अग्रवालसहित तीन कार्यकारीले एलन मस्कविरुद्ध हाले मुद्दा

काठमाडौं । 

ट्विटरका पूर्व सिइओ पराग अग्रवालसहित कम्पनीका तीन पूर्व कार्यकारीले एलन मस्क विरुद्ध मुद्दा हालेका छन्। 

मस्कले ट्विटर खरिद सम्झौताअनुसार तलब नदिएको भन्दै मस्क र एक्स कर्पोरेशनविरुद्ध ट्विटरका पूर्व सिइओ अग्रवाल, प्रमुख वित्तीय अधिकारी नेड सेगल, मुख्य कानुनी सल्लाहकार विजया गड्डे र जनरल काउन्सिल सिन एजेटले सोमबार मुद्दा दायर गरेका हुन्।

दायर गरिएको मुद्दाका अनुसार मस्कले अग्रवालसहित तीन कार्यकारीलाई सम्झौताबापतको कुल १२८ मिलियन डलर तलब दिन बाँकी रहेको छ।  मस्कले सन् २०२२ को अक्टोबरमा ट्विटर खरिद गरेपछि यसलाई रिब्रान्डिङ गर्दै एक्स बनाएका हुन्। 

रकम तिर्न नचाहेकै कारण मस्कले नक्कली कारणहरू देखाउँदै कर्मचारी निकालेको निर्णयलाई समर्थन गर्न आफ्नै विभिन्न कम्पनीका कर्मचारीहरूलाई नियुक्त गरेको आरोप छ।