सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, एक तोलाको मूल्य १ लाख २५ हजार

काठमाडौं। 

नेपाली बजारमा सुनको मूल्यमा निरन्तर वृद्धि भएको छ । आज बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १५ सय बढेर १ लाख २५ हजार रुपैयाँ कायम भएको छ। यो मूल्य आजसम्मकै सबैभन्दा बढी हो ।

हिजो बुधवारका तोलामा १ लाख २३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख २४ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ ।

यसै गरी, तेजावी सुन बुधवार तोलाको १ लाख २९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै गरी चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले बढेको छ।आज चाँदीको मूल्य तोलाको १४ सय ७० रुपैयाँ कायम रहेको छ ।