काठमाडौं ।
साधना लघुवित्त वित्तिय संस्था लिमिटेडको सातौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । फागुन १९ गते संस्थाको सातौ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
सभाले तनहुँमा केन्द्रिय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्थासँग मर्जर प्रस्ताव पारित गरेको छ।
दुबै लघुवित्त मर्ज भएपछिको संस्थाको नाम सबैको साधना लघुवित्त वित्तीय संस्था हुने जनाइएको छ । मर्ज पछि संस्थाको स्वाप रेसियो १ः१ हुने अनुमान गरिएको छ ।
साधारण सभाले सञ्चालक समितिबाट पेश भएको आर्थिक वर्ष २०७९र०८० को वासलात, नाफा नोक्सान हिसाव लगायत अन्य वित्तिय विवरणसहितको वार्षिक प्रतिवेदन पारित गरेको हो । यसैगरी चालु आर्थिक वर्षको माघ मसान्तसम्म ३१ जिल्लाबाट ९३ वटा शाखा कार्यालयहरुमार्फत संस्थाको पहुँच १ लाख ४ हजार भन्दा बढी विपन्न परिवारमा सेवा पुगेको जनाइएको छ ।
२० फाल्गुण २०८०, आईतबार १२:४३ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार