काठमाडौं ।
पूर्व प्रधानमन्त्री तथा नेसपाका अध्यक्ष डा.बाबुराम भट्टराईले मिटरब्याजी पीडितहरूको निश्चित ऋण मिनाहा गर्न प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेका छन्।
आज मिटरब्याजी पीडितको आन्दोलनलाई समर्थन गर्न पुगेका भट्टराईले प्रधानमन्त्री प्रचण्डसँग यस्तो आग्रह गरेका हुन् ।
जनयुद्धताका बनाइएका जाली र झुटो तमसुकहरू च्यातेको र आगो लगाएको स्मरण गर्दै तत्काल निश्चित सम्मको ऋण मिनाहा गर्नका लागि उनले आग्रह गरेका छन् । उनले लिखित तमसुकहरू खोजेर कारबाहीको दायरामा ल्याउन समेत अनुरोध गरेका छन् ।
२४ फाल्गुण २०८०, बिहिबार ०४:५० मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार