काठमाडौं ।
साताको तेस्रो कारोबार का दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७०.३१ घटेको छ ।
सोमबार ब्रेक लागेको नेप्से आज उच्च अंकले घटेर २००७ को विन्दुमा कायम भएको छ ।
बजार घटेपनि आज ४ अर्ब ११ करोड ३६ लाख ७६ हजार रुपैयाँको कारोबार भएको हो ।
आज दिन १२ वटा उपसूचक राताम्य भएका छन् भने एकमात्र म्युचुअल फण्ड उपसूचक ०.६६ प्रतिशतले बढेको छ । आज अन्य उपसूचक ४.३५, हाइड्रोपावर ४.३० र उत्पादन तथा प्रशोधन उपसूचक ४.२० प्रतिशतले घटेको छ ।
आज नेप्सेमा सूचीकृत ३३ कम्पनीको शेयरमूल्य बढ्दा २१३ कम्पनीहरुको शेयरमूल्य राताम्य भएको छ । गुराँस लघुवित्तको ८.७३, ग्लोबल आइएमई ब्यालेन्सड फण्ड–१ को ७.८५, हिमालयन ८०–२० को ४.५६, महिला लघुवित्तको ४.११ र मोलुङ हाइड्रोपावर ३.४१ प्रतिशतले बढेको छ ।
बोटलर्स नेपाल (बालाजु) र जोशी हाइड्रोपावरको शेयरमूल्य नकारात्मक सर्किट लेभलमा घटेको छ । त्यस्तै, बोटलर्स नेपाल (तराई) को ९.४५, प्रभु इन्स्योरेन्सको ८.६४ र बीपीडब्लू लघुवित्तको ८.३१ प्रतिशतले शेयरमूल्य घटेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार