काठमाडौं ।
मंगलबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन हालसम्म कै उच्च मूल्यमा पुगेको हो ।
मंगलबार मात्र सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेर सुनको मूल्यले बनायो नयाँ रेकर्ड बनाएको छ । आज छापावाला सुनको मूल्य एक लाख २३ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि पुष १२ गते १ लाख २२ हजारको रेकर्ड तोडिएको हो ।
त्यस्तै, चाँदी तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
२२ फाल्गुण २०८०, मङ्गलबार ११:१९ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार