सामान्य अंकले घट्यो शेयर बजार, कारोबार रकम ४ अर्ब माथि

काठमाडौं । 

निकै उतरचढावका बीच नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घटेर बन्द भएको छ ।  आज नेप्से २.४८ अंकले घटेको हो ।

आज ०.११ प्रतिशतले बजार घटेर २१०८.७२ विन्दु् कायम भएको छ । आज भएको ३१० कम्पनीको शेयर किनबेच भएको मध्ये ९४ कम्पनीको शेयर बढेको छ भने १३३ कम्पनीको शेयर मूल्य घटेको छ । १६ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज ४ अर्ब २८ करोड ८५ लाख २३ हजार रुपैयाँ बराबरको १ करोड ८ लाख ८९ हजार ६३४ कित्ता शेयर किनबेच भएको छ । उपसुचकहरु सबै राताम्य भएका छन् । उप समुह मध्ये ६ वाटा उपसमूहको शेयर मूल्य बढेको छ भने ६ कम्पनीको शेयर मूल्य घटेको छ ।