सिटिजन लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । 

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।  

गत आर्थिक वर्ष २०७९/८० का लागि कम्पनीले दिएको ५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । 

कम्पनीले ५ प्रतिशत बोनस शेयरर ०.२६३२ प्रतिशत नगद गरि कुल ५.२६३२ प्रतिशत लाभांश घोषणा गरेको थियो । यस अनुसार अब कम्पनीको थप १८ लाख ७५ हजार कित्ता शेयर दोस्रो बजारमा खरिद बिक्री योग्य हुनेछ ।

बोनस पछी कम्पनीको चुक्ता पुँजी तीन अर्ब ९३ करोड ७५ लाख रुपैयाँ पुगेको छ । उक्त कम्पनीको बुधबार प्रतिकित्ता ४३४ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।