श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी समस्याग्रस्त घोषित

काठमाडौं । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ललितपुरको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी समस्याग्रस्त सहकारी घोषित गरेको छ ।

मन्त्रालयले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै सहकारी समस्याग्रस्त घोषित भएको जानकारी दिएको हो । बचतकर्ता सदस्यको बचत रकम फिर्ता गर्न नसकेपछि सहकारी विभागका रजिस्ट्रारले उक्त सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा गर्न सिफारिस गरेको थियो । सोही बमोजिम अब संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइने विज्ञप्तिमा उल्लेख गरिएको छ । 

सहकारी सम्बन्धि एक विज्ञप्तीमा उल्लेख भए अनुसार सहकारी ऐन, नियम, मूल्य, मान्यताको विपरित कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेको सम्बन्धमा कारबाही हुँदा सहकारी ऐन, २०७४ को दफा ९१०४० को उपदफा ९१०० को खण्ड ९क० देखि ९च० सम्मको अवस्था विद्यमान रहेको देखिएकाले सहकारी विभागका रजिस्ट्रारको सिफारिसमा सोही ऐनको दफा ९१०४० को उपदफा ९२० बमोजिम उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गर्दै सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको अवस्था छ।