नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले चैत २० गते बोलायो साधारणसभा

काठमाडौं । 

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले कम्पनीले ३७ औं वार्षिक साधारणसभा बोलाएको छ । फागुन १६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले चैत २० गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने गरि साधारणसभा बोलाएको हो । 

कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ । 

कम्पनीले साधारणसभा प्रयोजनार्थ फागुन २४ गते देखि साधारणसभा नभएसम्म बुक क्लोज गर्ने जनाएको छ । अर्थात फागुन २३ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् ।