८ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौं ।

नेपाल सरकारले ८ अर्ब आन्तरिक ऋण उठाउने भएको छ । 

सरकारले आन्तरिक ऋण उठाउनको लागि नेपाल राष्ट्र बैंकमार्फत विकास ऋणपत्र जारी गर्न लागेको हो । यस ऋणपत्रका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ ।

यसको निष्कासन मिति भने भोलिको लागि तोकिएको छ । केन्द्रीय बैंकले ८ अर्ब रुपैयाँको ८ वर्ष अवधि भएको विकास ऋणपत्र २०८८ ‘झ’ जारी गर्न लागेको हो । ऋणपत्रको भुक्तानी अर्धवार्षिक रुपमा हुने र ब्याजमा कर पनि लाग्ने बैंकले जनाएको छ । इच्छुक खरिदकर्ताले प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सकिने सूचनामा उल्लेख गरिएको छ।