काठमाडौं ।
नेपाल राष्ट्र बैंकले १३ अर्ब ४ करोडको ट्रेजरी बोलकबोल गर्ने भएको छ ।
बैंकले ९१ दिने र १८२ दिने फागुन २२ गते जारी गर्ने गगरी दुई किसिममा कूल १३ अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्न लागेको हो ।
ट्रेजरीका लागि अनलाइन आवेदन दिन सोमबार दिउँसो ३ बजेसम्मको समय तोकिएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले सो अवधिमा आवेदन दिन सक्नेछन् । बैंकको सूचना अनुसार ९१ दिने ट्रेजरीका लागि ६ अर्ब ४ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ भने १८२ दिनेका लागि ७ अर्ब रुपैयाँ छुट्याइएको छ । उक्त ट्रेजरीको बोलकबोल आज दिउँसो ३ बजे हुनेछ ।
बैंकले ट्रेजरी नयाँ नभएर पुरानै नवीकरण गर्न लागेको हो । केन्द्रीय बैंकले यसअघि फागुन १४ गते १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।
२१ फाल्गुण २०८०, सोमबार ०१:१२ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार