काठमाडौं ।
धितोपत्र बजारमा यस साता शेयर कारोबारमा उतारचढाव देखिए पनि आइतबार १० अंकले घटेर सुरु भएको साताको अन्तयमा नेप्से १५ अंकले घटेर अन्त्य भएको छ ।
साताको २ दिन नेप्से बढ्दा पनि झिनो अंकले मात्र नेप्से बढेको छ भने घट्दा भने दोहोरो अंकले घटेको छ ।
आइतबार साताको पहिलो नेप्से १०.६२ अंकले घटेको थियो । आईतबार ०.५१ प्रतिशतले नेप्से घटेर २०७०.२५ विन्दुमा कायम भएको थियो ।
आइतबार कारोबार भने ३ अर्ब माथि पुगेको थियो । आईतबार ८४ लाख ६ हजार ७४ कित्ता शेयर ३ अर्ब ३८ करोड ७९ लाख ८० हजार रुपैयाँमा किनबेच भएको थियो । ३०४ कम्पनीको ६३ हजार ९ पटक शेयर किनबेच हुँदा १५० कम्पनीको शेयर घटेको थियोभने ८४ कम्पनीको शेयर बढेको थियो । १० कम्पनीको शेयर भने स्थिर रहेको थियो ।
सोमबार भने नेप्से ३.२७ अंकले बढेको थियो । सोमबार ०.१५ प्रतिशतले नेप्से बढेर २०७३.५३ विन्दुमा पुगेको थियो ।
सोमबार कारोबर भने २ अर्ब मात्र भएको थियो । सोमबार ३०३ कम्पनीको शेयर ५३ हजार २५६ पटक किनबेच हुँदा २ अर्ब ८८ करोड ५६ लाख ३७ हजार रुपैयाँ बराबरको ७ करोड ४५ लाख ९ हजार ४२४ कित्ता शेयर किनबेच भएको थियो ।
सोमबार ३०३ कम्पनीको शेयर किनबेच हुँदा १४८ कम्पनीको शेयर बढेको थियो भने ८५ कम्पनीको शेयर घटेको थियो । १० कम्पनीको शेयर भने स्थिर रहेको थियो ।
त्यस्तै,मंलबार नेप्से ६.२४ अंकले घटेर २०६७.२९ विन्दुमा कायम भएको थियो । मंगलबार कारोबार भने ३ अर्ब माथि गएको थियो ।
मंगलबार ३ अर्ब ६३ करोड ३९ लाख ३६ हजार रुपैयाँ बराबरका ९४ लाख ७८ हजार ९३३ कित्ता शेयर ६३ हजार ८०१ पटक किनबेच भएको थियो ।
मंगलबार ३०७ कम्पनीको शेयर किनबेच हुँदा १२८ कम्पनीको शेयर मूल्य घटेको थियो भने १०४ कम्पनीको शेयर मूल्य बढेको थियो । ११ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको थियो ।
त्यसैगरी,बुधबार नेप्से ३.३४ अंकले घटेर २०६३.९५ विन्दुमा कायम भएको थियो । बुधबार कारोबार भने ३ अर्ब माथि गएको थियो । बुधबार ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार रुपैयाँ बराबरको ९४ लाख ४५ हजार ६९७ कित्ता शेयर ६० हजार १६ पटक किनबेच भएको थियो ।
बुधबार ३०५ कम्पनीको शेयर किनबेच हुँदा १४७ कम्पनीको शेयर मूल्य घटेको थियोभने ९४ कम्पनीको शेयर मूल्य बढेको थियो । ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको थियो ।
र साताको अन्तिम कारोबार बिहिबार भने नेप्से १५.३७ अंकले घटेको छ । आज नेप्से ०.७४ प्रतिशतले घटेर २०४८.५७ विन्दुमा कायम भएको छ ।
बिहिबार ४ अर्ब ३१ करोड ३० लाख १७ हाजर रुपैयाँ बराबरको १ करोड ८५ लाख ५२ हजार ७०५ कित्ता शेयर ५२ हजार ३१७ पटक किनबेच भएको छ ।
बिहिबार ३१५ कम्पनीको शेयर किनबेच हुँदा ४८ कम्पनीको शेयर बढेको छ भने १८८ कम्पनीको शेयर घटेको छ । ८ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार