शेयर बजारमा सामान्य अंकको गिरावट,कारोबार रकम ३ अर्ब ४९ करोड

काठमाडौं । 

साताको चौथो कारोबार दिन आज शेयर बजारमा सामान्य अंकको गिरावट आएको छ। बुधबार शेयर बजार ३.३४ अंकले घटेर २०६३ को विन्दुमा पुगेको छ । 

आज ३०५ कम्पनीको ९४ लाख ४५ हजार ६९७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार रुपैयाँको कारोबार भएको छ । आज शेयर बजारमा गिरावट आउदा सबैभन्दा बढी सोनापुर मिनरल्सको सर्वाधिक सेयर कारोबार भएको छ ।आज कम्पनीको १९ करोड ५२ लाख ९७ हजार रुपैया बराबरको कारोबार भएको छ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको शिभम् सिमेन्टको १७ करोड ६० लाख ५७ हजार रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ ।