काठमाडौं ।
राष्ट्रिय सभा सदस्य हरिराम चौधरीले देशको अर्थतन्त्र झनै खस्किँदो अवस्थामा रहेको बताएका छन् । उनले बिहीबारको राष्ट्रिय सभा बैठकमा यस्तो बताएका हुन् ।
उनले आगामी आर्थिक वर्ष २०८१ ८२ का सिद्धान्त र प्राथमिकताबारे छलफलमा भाग लिँदै अर्थतन्त्र खस्किँदो अवस्थामा रहेको बताएका हुन् ।
उनले विदेशबाट खाद्यान्न किनेर वा विदेशबाट पेट्रोल, डिजेलहरु ल्याएर पनि अर्थतन्त्र बाहिरि रहेको बताए। सदस्य चौधरीले पछिल्लो समय नेपाली विद्यार्थीहरुको विदेश पलायनका कारण पनि अर्थतन्त्रको ठूलो हिस्सा बाहिरि रहेको जिकिर गरे ।
उनले यसबारेमा सरकारले आगामी आर्थिक वर्षको सिद्धान्त र प्राथमिकताबारेमा विशेष ध्यान दिन आवश्यक रहेको बताए।
१७ फाल्गुण २०८०, बिहिबार ०५:१७ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार