काठमाडौं ।
नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको १०औं वार्षिक साधारण सभा चैत १६ गते हुने भएको छ । सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने र ६ लाख ६९ हजार ९००.२७ कित्ता एफपीओ निष्काशन गर्ने प्रस्ताव अघि सारेको छ ।
यसैगरी सभाबाट कम्पनीले गत आर्थिक वर्षको ७.५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ८ करोड १३ लाख १५ हजार ४६६ रुपैयाँ ४६ पैसा नगद लाभांश वितरण गर्नेछ।
बुकक्लोजको मिति कम्पनीले फागुन ३० गतेदेखि चैत १६ गतेसम्म तोकेको छ । सभामा भाग लिन तथा लाभांश पाउन योग्य भने फागुन २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहने शेयरधनीहरु मात्र हुनेछन् ।
सभा धुलिखेलस्थित धुलिखेल लज रिसोर्टमा बिहान साढे १० बजे शुरु हुने कम्पनीले जनाएको छ।
२० फाल्गुण २०८०, आईतबार ११:५२ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार