काठमाडौं ।
नेपाललाई विश्व बैंकले साढे २६अर्ब ऋण दिने स्वीकृत गरेको छ ।
विश्व बैंकको कार्यकारी निर्देशक समितिले नेपालका २ वटा परियोजनाको लागि २० करोड डलर अर्थात (२६ अर्ब ५६ करोड)रुपैयाँ ऋण स्वीकृत दिने गरेको हो।
यस परियोजनाले जलवायु केन्द्रीत पूर्वाधार खर्च बढाउर्न, प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रवाह प्रवर्द्धनका लागि नेपालको न्यूनतम एफडीआई थ्रेसहोल्ड कम गर्न र एफडीआईको प्रक्रिया सुव्यवस्थित र स्वचालित गर्न पनि भूमिका खेल्ने विश्व बैंकको भनाई छ ।
विश्व बैंकले नेपाललाई वित्तीय सुधारका लागि १० करोड डलर र प्रादेशिक तथा ग्रामीण सडक सञ्जाल मर्मत तथा सुधारका लागि १० करोड डलर ऋण दिने भएको हो । सडक सुधार कार्यक्रमको लागि स्वीकृत १० करोड डलर ऋण नेपालका प्रादेशिक र स्थानीय सडकहरुको विकास र मर्मत सम्भारका खर्च हुने जनाइएको छ।
१८ फाल्गुण २०८०, शुक्रबार ०२:१२ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार