जीबी राई पक्राउ परेको हल्ला, प्रहरीलाई जानकारी छैन

काठमाडौं । 

नेपाल प्रहरीले सहकारी ठगी मुद्दामा फरार रहेका गितेन्द्रबाबु राई (जीबी राई) पक्राउ परेको भन्ने हल्ला निराधार भएको बताएको छ ।

प्रहरी मलेसियामा रहेको भनिएका राई सिंगापुरबाट पक्राउ परेको हल्ला निराधार भएको बताएको हो।  राई पक्राउ परेको आफूलाई जानकारी नभएको र त्यसको पुष्टि गर्न लागि परेको प्रहरीको भनाई रहेको छ।

रेड नोटिस जारी भएका व्यक्ति पक्राउ गर्दाका बखत सम्बन्धित देशले रेड नोटिस जारी गर्ने प्रहरी कार्यालयलाई पक्राउ गर्नुको आधार र कारण माग्ने गरेको तरजीबी राईको हकमा नेपाल प्रहरीसँग पक्राउ परेको भनिएको देश सिंगापुरले आज बिहानसम्म कुनै आधार कारण नमागेको प्रहरीले बताएको छ । 

राई समूहले पोखरामा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, बुटवलमा सुप्रिम बचत तथा ऋण सहकारी संस्था, नेपालगन्जमा समनता बचत तथा ऋण सहकारी संस्था, चितवनमा सहारा चितवन बचत तथा ऋण सहकारी संस्था, वीरगन्जमा सोना पाइला बचत तथा ऋण सहकारी संस्था चलाएको थियो। यो सहकारी ठगी प्रकरणमा नव नियुक्त गृहमन्त्री रबि लामिछाने पनि मुछिएका थिए ।