काठमाडौं ।
कुमारी बैंकले आफ्नो ३ लाख ४ हजार ७२१ कित्ता शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक समूह तर्फको शेयर हाल विद्यमान संस्थापक सयरधनीहरुका लागि मात्र बिक्रमा राखेको हो ।
खरिद गर्न चाहने सेयरधनीले ३५ दिन भित्र काठमाडौंको टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालय र नक्सालस्थित कुमारी क्यापिटलमा निवेदन दिन सक्नेछन्।
तोकिएको समयभित्र संस्थापक सयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।
८ चैत २०८०, बिहिबार १२:५६ मा प्रकाशित