कांग्रेसले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौं ।

नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ ।

शुक्रबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै कांग्रेसका सांसदहरुले उठेर विरोध गरे । सभामुख देवराज घिमिरेले एक जनालाई बोल्न भनेपछि कांग्रेसका तर्फबाट बोल्दै सांसद प्रदीप पौडेलले गृहमन्त्री लामिछाने प्रश्न र अनुसन्धानको घेरामा रहेको बताए ।

आफैँ सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्रीले सहकारीपीडितलाई कसरी न्याय दिन सक्छन् भनी उनले प्रश्न गरे।  शुक्रबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै कांग्रेसका सांसदहरुले उठेर विरोधसमेत गरेका थिए।