टिकेन शेयर बजारको गति, निरन्तर रुपमा ओरालो

काठमाडौं । 

सत्ता साझेदारीमा बनेको नयाँ समीकरणसँगै साताको दोस्रो कारोबारका दिन तीन पटकसम्म धनात्मक सर्किट लागेर दिनभर कारोबार बन्द रहेको  शेयर बजार ओरालो बाटोमा अग्रसर देखिएको छ। साताको तेस्रो कारोबार अर्थात आज भने निरन्तर रुपमा ओरालो लागेको छ ।

बजार खुलेको ८ मिनेटमा नै २०३८ अंकमा झरेको बजार निरन्तर रुपमा ओरालो लागिरहेको छ । बजार निरन्तर घटेर २०२५ को अंकमा ओर्लिएको छ ।

कारोबारमा आएका मध्ये २०७ कम्पनीको शेयर मूल्य घटेको छ भने साना तथा कर्नरिङमा सहज हुने किसिमका केही कम्पनीको शेयर मूल्य मात्र बढेको छ ।