काठमाडौं ।
आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.१० अंकले बढेको छ । साताको पहिलो कारोबारको दिन समेत शेयर बजारमा हरियाली यात्राले निरन्तरता दिएको छ । अर्थमन्त्रीका रुपमा वर्षमान पुन आएदेखि नै शेयर बजारले लय लिन लागेको हो ।
आज भएको कारोबार मध्ये १९४ कम्पनीको शेयर बढेको छ भने ४६ कम्पनीको शेयर मूल्य घटेको छ । ४ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
आज २ अर्ब ९२ करोड २७ लाख ७१ हजार रुपैयाँ बराबारको ७० लाख ४३ हजार ४५७ कित्ता शेयर किनबेच भएको छ ।
आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशत बढेर सकारात्मक सक्रिट हानेको छ ।
२७ फाल्गुण २०८०, आईतबार ०३:१९ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार