लगानी सम्मेलनलाई मध्यनजर गरी कानूनहरुमा संशोधन हुँदै गरेको प्रधानमन्त्री प्रचण्डको भनाई

काठमाडौं । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले आगामी वैशाखमा हुन गइरहेको लगानी सम्मेलनलाई मध्यनजर गरी कानूनहरुमा संशोधन गर्ने कार्य अघि बढाएको बताएका छन् । 

बिहीबार सिंहदरबारमा सरकारको अर्धवार्षिक समीक्षा गर्दै उनले यस्तो बताएका हुन् । 

दाहालले पूर्वाधारसंवद्ध आयोजना कार्यान्वयनमा देखिएका समस्या हल गर्ने र वन तथा जग्गा प्राप्तिसँग संवद्ध समस्यालाई हल गर्ने गरी कानून परिमार्जनलाई प्राथमिकतामा राखिएको बताए । 

उनले सरकारले सामान्य नतिजामा सन्तोष गर्ने सुविधा नरहेको जिकिर गरेका छन्  ।