काठमाडौं ।
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बोनसदर सार्वजनिक गरेको छ ।
नेपाल बीमा प्राधिकरणबाट आइतबार स्वीकृत भएको नयाँ बोनसदर अनुसार बीमितले बोनस पाउने गरी कम्पनीले आज नयाँ बोनसदर सार्वजनीक गरेको हो ।
जस अनुसार बीमितले अधिकतम् ७५ रुपैयाँ र न्यूनतम ४० प्रति वर्ष प्रति हजार रुपैयाँका दरले बोनस पाउनेछन् । कम्पनीले अर्थिक वर्ष २०७९र ८० को वित्तीय विवरणमा आधारित नयाँ बोनसदर सार्वजनिक गरेको हो ।
कम्पनीले सावधिक जीवन बीमा योजनामा बीमा अवधि अनुसार ४३ रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस दिने भएको छ ।
२१ फाल्गुण २०८०, सोमबार ०४:०२ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार