सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको साधारण सभा सम्पन्न

काठमाडौं ।

मर्जरमा गएको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले आफ्नो ३० औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । 

सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित चुक्तापुँजीको ११ प्रतिशत नगद लाभांश करसहित तथा कम्पनीको चुक्तापुँजी दुई अर्ब ८० करोड ६५ लाख ४९ हजार ९०० रुपैयाँको ११ प्रतिशतले हुन आउने ३० करोड ८७ लाख २० हजार ४८९ रुपैयाँ नगद लाभांश दिने पक्का गरेको हो।

त्यस्तै, सोही सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहित सदर गरेको छ । सञ्चालक समितिको प्रतिनिधित्व गर्दै आएका अध्यक्ष सुरेश लाल श्रेष्ठले कम्पनीको वार्षिक प्रतिवेदन पेश गरे ।

सभा राजधानीस्थित भगवती बहाल लिसारा रिसेप्सनमा चलेको थियो।