हुण्डी कारोबारमा संलग्न ५ जना २१ लाख नगदसहित पक्राउ

काठमाडौं । 

हुन्डी कारोबारमा संलग्न रहेको पाँच जना पक्राउ परेका छन्। नगद रु २१ लाख सहित हुण्डी कारोबारमा संलग्न पाँच जनालाई नेपाल प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–७ बस्ने मोतजार मियाको छोरा सोही ठाउँ( ४ मा आसिफ मनि चेन्जर सञ्चालन गरेका ३१ वर्षीय कलामुदिन अन्सारी, महागढीमाइ नगरपालिका–१ बस्ने जलिल मिया अन्सारीको ३९ वर्षीय छोरा मेराजुल हक अन्सारी रहेको बारा प्रहरीले जनाएको छ ।

यसै गरी भारतको बिहार राज्य मोतिहारी जिल्ला आदापुर थाना हरपुर पञ्चायत नायकाटोला बस्ने शम्भु साहका २९ वर्षीय छोरा रञ्जित सरार्फ, सोही ठाउँ श्यामपुर टोल बस्ने ४२ वर्षीय कृष्णालाल प्रसाद र अरेराज बस्ने ४० वर्षीय रविशंकर सिंह रहेको प्रहरी भनाई छ ।