राजनीतिक उतारचढावकाबीच ९.३३ अंकले बढ्यो शेयर बजार, कारोबार रकम ३ अर्ब ४५ करोड

काठमाडौं । 

पछिल्लो राजनीतिक उतारचढावकाबीच शेयर बजार आज अन्तिम समयमा हरियो भएर बन्द भएको छ। नेप्से परिसूचक आज ९.३३ अंकले बढेर २०१७.०३ को विन्दुमा बन्द भएको हो।

आज ३०८ कम्पनीको ९१ लाख ३८ हजार १५४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४५ करोड ८ लाख रुपैयाँको कारोबार भएको छ ।

बजारमा आज १७५ कम्पनीको शेयरभाउ बढ्दा ६२ वटाको घटेको छ भने ११ वटाको स्थिर रहेको छ। यो दिन नेप्से उपसमूहमा रहेका १० वटा समूहमा हरियाली छाएको छ भने ३ वटामा रातो पोतिएको छ। वित्त समूह सर्वाधिक १.६८ प्रतिशतले बढेको छ भने जीवन बीमा समूह सर्वाधिक ०.०२ प्रतिशतले घटेको छ।