काठमाडौं ।
राष्ट्रिय सभा सदस्य विमला घिमिरेले लघुवित्तका ऋणीहरुका माग सम्बोधन गर्न माग गरेकी छिन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सरकारसँग यस्तो माग गरेकी हुन् ।
उनले प्रदर्शनका क्रममा पक्राउ परेकाहरुलाई तत्काल रिहा गर्नुपर्ने माग गरेकी छन् । सरकारले लघुवित्तका ऋणीका समयमा सम्बोधन नगर्दा अरु पनि थप दुर्घटना हुन सक्ने उनको भनाई छ ।
उनले काठमाडौंमा आन्दोलन गर्दै आइरहेका लघुवित्तका ऋणीहरु आन्दोलन गर्दैगर्दा सरकारले कुनै कुरा नसुनेपछि संसद भवनको परिसरमै छिरेर आन्दोलन गर्न बाध्य भएको अवस्थालाई सरकारले गम्भीर रुपमा लिनुपर्ने बताएकी छिन्।
.
१७ फाल्गुण २०८०, बिहिबार ०३:०५ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार