बुधबार फेरी घट्यो शेयर बजार, कारोबार रकम २ अर्बमा सिमित

काठमाडौं । 

दुई दिन बढेको बजार साताको चौथो  कारोबारका दिन फेरी ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ०.८७ अकंले घटेर २०००.७७ बिन्दुमा बन्द भएको छ । आज ३०८ कम्पनीको ५१ लाख १५ हजार कित्ता शेयर किनबेच भएको छ । 

सात परिसूचक आज राताम्य भएका छन् । बुधबार बैंकिङ समूहको ०.६८ प्रतिशत, विकास बैंक समूहको १.११ प्रतिशत र फायनान्स समूहमो ०.९६ प्रतिशतले घटेको हो ।

कारोबार रकम समेत निरन्तर घट्दो अवस्था रहेको छ। आज २ अर्ब ३ करोड १० लाख रुपैयाँको कारोबार भएको छ ।