काठमाडौं ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउनुपर्ने माग गर्दै नेपाल विद्यार्थी संघले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने विरुद्ध सिंहदरबार अगाडि प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा सहभागीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछानेमाथि नैतिक प्रश्न हुँदाहुँदै उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त भएपछि नेपाली कांग्रेस र उसका भ्रातृ संगठनहरुले विरोध जनाउँदै आएका छन् । नेपाली कांग्रेसले संसदमा र नेविसंघले सडक मार्फत आवाज उठाउँदै आएको छ ।
६ चैत २०८०, मङ्गलबार १२:५६ मा प्रकाशित