नेपाल रि इन्स्योरेन्सको सीईओ बन्न सात जनाको आवेदन दर्ता

काठमाडौं । 

नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ७ जनाको आवेदन परेको छ । 

सरकारी स्वामित्व समेत रहेको कम्पनीले शंकर कुमार रायमाझी पदबाट बाहिरीएसँगै रिक्त रहेको पदका लागि आवेदन खुल्ला गरिएको थियो।

नेपाल रि ले दिएको जानकारी अनुसार नेपाल पुनर्बीका डेपुटी सीईओ दामोदर भण्डारी, नेपाल बीमा प्राधिकरणका पूर्व कार्यकारी निर्देशक श्रीमान कार्की, यूनाईटेड तथा राष्ट्रिय बीमा कम्पनीका पूर्व सीईओ शेखर बराल, प्राइम लाइफका पूर्व सीईओ नारायणकुमार भट्टराई, अजोड इन्स्योरेन्सका पूर्व डेपुटी सीईओ सुरेन्द्र थापा, नेपाल पुनर्बीमाका पूर्व कर्मचारी उज्वल राज अर्याल, बुद्धकाजी श्रेष्ठले आवेदन दिएका छन् ।

आवेदन दिएका उक्त व्यक्तीहरुलाई सबैभन्दा पहिला सर्ट लिस्टमा राखिन्छ भने त्यस पश्चात योग्य उमेद्धारको छनोट हुनेछ ।कम्पनीको