टुंगियो १७ जना मन्त्रीको मन्त्रालय,कसको भागमा कुन ?

काठमाडौं । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १७ मन्त्रीको मन्त्रालय टुंगाएका छन् । दाहालले आज सोमबार १७ मन्त्रीको मन्त्रालय टुंगाएका हुन् । 

उनले नियुक्त भएका तीन जनाको समेत कार्यभार तोकेर नयाँ १४ जना मन्त्री थपेका हुन् । नयाँ मन्त्रीको शपथ आज साँझ ५ः४५ बजे हुने भएको छ ।

मन्त्रीहरूको कार्यविभाजन यस्तो छ ।

एमाले

रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार

पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला

हरि उप्रेती, रक्षा

भगवती चौधरी, महिला बालबालिका

राजेन्द्र राई, खानेपानी

दामोदर भण्डारी, उद्योग

ज्वालाकुमारी साह, कृषि

बलराम अधिकारी, भूमि व्यवस्था


रास्वपा

रवि लामिछाने, उपप्रधान तथा गृह

डीपी अर्याल, श्रम

विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद

सुमना श्रेष्ठ, शिक्षा



माओवादी

नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र

वर्षमान पुन, अर्थ

शक्ति बस्नेत, उर्जा

रेखा शर्मा, सञ्चार

हितबहादुर तामाङ, पर्यटन