काठमाडौं ।
बुधबार नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमानी कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन बढेर १ लाख २३ हजार ५ सय रुपैयाँ कायम भएको छ । आज बुधवारका दिन सुन प्रतितोला ५ सय रुपैयाँले बढेको हो । हिजो हालसम्मकै उच्च मूल्य कायम भई नयाँ रेकर्ड बनाएको थियो ।
तेजावी सुनको मूल्य तोलाको १ लाख २२ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ। यसअघि, हिजो मङ्गलवार छापावाल सुन १ लाख २३ हजार रुपैयाँ कायम रहेको थियो।
यसैगरी, तेजावी सुनको मूल्य हिजो ९मङ्गलवार० तोलाको १ लाख २२ हजार ४ सय रुपैयाँ निर्धारण भएको थियो । बिहीबार चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य तोलाको १४ सय १० रुपैयाँ कायम रहेको छ । बुधवार चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा किनबेच भएको थियो ।
२३ फाल्गुण २०८०, बुधबार ११:४१ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार