आयल निगमले बढायो इन्धनको मुल्य

नेपाल आयल निगमले इन्धनको मुल्य बढाएको छ । नेपाल आयल निगमले सोमबार एक विज्ञप्ति जारी गर्दै साेमबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलको भाउ लिटरमा चार रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा तीन रूपैयाँ बढाएको जानकारी दिएको छ।



भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।



बढेको मुल्य सोमबार राति १२ बजेदेखि लागु हुने छ । मुल्य बढेपछि अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रति लिटर १७१ रुपैयाँ भएको छ र भने डिजेल तथा मट्टीतेल प्रतिलिटर १६० भएको छ ।