बन्दीपुर केबलकारले आइपीओ जारी गर्न अनुमति पायो

नेपाल धिताेपत्र बाेर्डले बन्दीपुर केबलकार एन्ड टुरिजमलाई बिहीबार आइपीओ जारी गर्न अनुमति दिएको छ। 


बन्दीपुर केबलकारले १०० रुपैयाँ अंकित दरका कुल ५८ लाख ६० हजार कित्ता शेयर जारी गर्नेछ। यस योजनाअन्तर्गत कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता दिने जनाएको छ।


कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।