आज आइतबार (असार १ गते) ट्रेड टावर लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। यसमा गोलाप्रथामार्फत ३ लाख २९ हजार ६५० जनाले सेयर हात पारेका छन् । जसमध्ये ३ लाख २९ हजार ६४५ जनाले १० कित्ता र ५ जनाले ११ कित्ताका दरले सेयर पाएका हुन।
लगानीकर्ताले बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिन्छ ।
१ असार २०८२, आईतबार ११:१५ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार