सेयर धितो कर्जाको जोखिम भार घट्यो

नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार घटाएको छ । केन्द्रीय बैंकले सेयर धितो कर्जाको जोखिमभार १०० प्रतिशतमात्र कायम गरेको छ । यसअघि कायम अधिकतम १२५ प्रतिशतको सीमालाई घटाएर अब १०० प्रतिशतमात्र कायम गरिएको हो ।


केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै सेयर धितो कर्जाको जोखिम भार शतप्रतिशतमा झारेको हो । नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मार्फत सेयर बजारको जोखिम भार १२५ प्रतिशतलाई घटाई सयमा झारेका हुन् ।


अब कर्जा लिंदा जोखिमभार कम हुन जानेछ । बैंकहरु पनि सेयर धितो कर्जा प्रवाह गर्न उत्साहित हुनेछन् । यसबाट विशेषगरी सेयर धितो राखेर ठूला कर्जा लिन सहज हुनेछ ।