बुटवल पावर कम्पनी (BPCL) ले एफपीओ प्रक्रिया रद्द गरी हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको चैत २२ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
बुटवल पावरको हाल ३ अर्ब ४० करोड ९० लाख ६४ हजार ६०० रुपैयाँ चुक्ता पुँजी रहेको छ । उक्त पुँजीको ४० प्रतिशतले हुने १ अर्ब ३६ करोड ३६ लाख २५ हजार ८०० रुपैयाँ बराबरको हकप्रद सेयर जारी हुने कम्पनीले जानकारी गराएको छ ।
कम्पनीले प्रिमियम मूल्यमा एक करोड कित्ता एफपीओ बिक्री गर्नका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको थियो । उक्त एफपीओ प्रक्रिया रद्द गरी अब ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय भएको कम्पनीले जानकारी गराएको छ ।
२४ चैत २०८१, सोमबार ११:२० मा प्रकाशित