मंसिरमा पनि घटाए बैंकहरुले ब्याजदर, कुन बैंकको ब्याजदर कति?

वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि ब्याजदर प्रकाशित गरेका छन्। अधिकांश वाणिज्य बैंकहरुको मंसिर महिनाको लागि मुद्दति निक्षेपको ब्याजदर घटेको छ । केही बैंकहरुले अघिल्लै महिनाको ब्यजादरलाई निरन्तरता दिएका छन् ।

कात्तिक महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतममा औषतमा ६.१८७५ प्रतिशतविन्दुका दरले ब्याज दिइरहेका २० वाणिज्य बैंकहरुले मंसिर महिनामा औषतमा ५.९७ प्रतिशतविन्दुका दरले ब्याज दिने भएका छन्। बैंकहरुको औषत ब्याजदर मंसिर महिनामा ०.२१७५ प्रतिशतविन्दु घटेको हो।

पछिल्ला महिनाहरुमा बैंकहरुले लगातारजसो ब्याजदर घटाइरहेका छन् । प्रणालीमा अधिक तरलताको अवस्था रहेको र कर्जा प्रवाह हुन नसकेपछि बैंकले विगत १ वर्ष बढी समयदेखि लगातारजसो ब्याजदर घटाइरहेका छन् ।