विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँट

विन नेपाल लघुवित्त वित्तीय संस्था (WNLB) को एफपीओ आइतबार बाँडफाँट भएको छ । मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रिया मार्फत लघुवित्तको एफपीओ बाँडफाँट गरिएको छ। जस अनुसार कुल ५ हजार १२९ आवेदकले १० कित्ताका दरले लघुवित्तको शेयर प्राप्त गरेका छन्। यस अनुसार २ जना आवेदकले ११ कित्ताका दरले शेयर प्राप्त गरेका छन् भने एक जनाले १०.५० कित्ता प्राप्त गरेका छन्।


यसमा १९ लाख २० हजार ९३९ जनाले आवेदन दिएकामा २ हजार ५२३ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जानकारी गराएको छ । लघुवित्तले गत चैत २१ गतेदेखि २६ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको एफपीओ आज बाँडफाँट गरेको हो।


आइपीओको नतिजा विन नेपालको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट, मेरो सेयर र सीडीएस एन्ड क्लियरिङको आइपीओ नतिजा हेर्न वेबसाइट बाट हेर्न सकिन्छ ।