ट्रेड टावर लिमिटेडले २०८२ बैशाख ८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। यस कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्कासन गर्न लागेको हो ।
ट्रेड टावरले आफ्नो जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार ७ सय रुपैयाँको ४८.६९६ प्रतिशतका दरले हुन आउने ३९ करोड ७१ लाख ६९ हजार ३ सय रुपैयाँ बराबरको आइपीओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमाति पाएको छ ।
जसअनुसार यस कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निष्कासन गर्नेछ । उक्त रकममध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३ करोड ९७ लाख १६ हजार ९३० रुपैयाँ बराबरको ३ लाख ९७ हजार १६९.३० कित्ता सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले कम्पनीको आईपीओमा बैशाख २२ गतेसम्म आवेदन दिन सक्नेछन्।